sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यो वर्ष नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १४:२९
यो वर्ष नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि तीन दशमलव नाै प्रतिशत हुने प्रक्षेपण

 

काठमाण्डाै – विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि तीन दशमलव नाै प्रतिशत हुने प्रक्षेपण गरेको छ । अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने विश्व बैंकको प्रतिवेदनले आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति बिस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने जनाएको हो ।

सरकारले भने यो आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गएकाे आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि एक दशमलव नाै प्रतिशत मात्रै भएको थियो । विश्व बैंकले आउँदो वर्ष भने नेपालको आर्थिक वृद्धि पाँच प्रतिशतमा पुग्ने अनुमान गरेको छ । तर नेपालमा मनसुनका कारण कृषि उत्पादन घट्नसक्ने, वस्तुको मूल्यवृद्धि उच्च हुनसक्ने तथा भारतले केही सामानमा निर्यात प्रतिबन्ध गरेकाले त्यसको असर आर्थिक वृद्धिमा देखिनसक्ने जोखिम पनि रहेको विश्व बैंकले जनाएको छ ।

यस्तै यस वर्ष मूल्यवृद्धि बढ्ने विश्व बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा छ दशमलव पाँच प्रतिशत मूल्यवृद्धि हुने जनाए पनि विश्व बैंकले भने साढे सात प्रतिशत मूल्यवृद्धिको प्रक्षेपण गरेको छ ।

यो वर्षको दक्षिण एसियाको आर्थिक वृद्धि पाँच दशमलव आठ प्रतिशत हुने र विश्वका अरू क्षेत्रको तुलनामा दक्षिण एसिया केही सहज अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ । दक्षिण एसियामा सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको छ दशमलव तीन प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १४:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid