April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

पाथिभरामा कुहिरो पानी, आकाशे पानी हुदै अप लिफ्टिङ

  • साझा परिवेश
  • सोमवार, पुस ११, २०७९ २0:0७
पाथिभरामा कुहिरो पानी, आकाशे पानी हुदै अप लिफ्टिङ

गणेशकुमार श्रेष्ठ ताप्लेजुङ

ताप्लेजुङ । प्रसिद्ध तिर्थस्थल पाथिभरामा पानीको समस्याको लागि अप लिफ्टिङ प्रविधिबाट पानी पु¥याउने योजना अन्तिम चरणमा पुगेको छ । सुन्दै अचम्म लाग्न सक्छ, तल फेदीबाट पाथिभरा डाँडामा पानी पु¥याउन त्यति सजिलो भने छैन । डाँडाको टुप्पामा मन्दिर भएकोले फेदीको पानी लानुको विकल्प छैन ।
पाथिभरा मन्दिरमा पानीको लागि ५६ सालमा कुहिरोबाट पानी निकाल्ने प्रविधि सामुदायिक विकासको लागि वैकल्पिक समूह नामको संस्थाले नेपाल स्वास्थ्यको लागि पानी भन्ने संस्थासँग मिलेर क्यानाडियन प्रविधि जालीबाट कुहिरोको पानी संकलन गर्ने योजना संचालन गरेको थियो ।
कुहिरो पानी खासै प्रभावकारी नभए पछि सोहि संस्थाको सहकार्यमा पुनः नेपाल स्वास्थ्यको लागि पानी र पाथिभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिसंग मिलेर आकासे पानी संकलन परियोजना संचालन गरेको थियो । वर्षादको समयमा संकलन गरेको पानीले १२ महिना धान्न असम्भवप्रायः छ ।
पुर्व संस्कृति पर्यटन मन्त्री माननीय योगेश भट्टराईको पहलमा नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ७० प्रतिशत र पाथिभरा क्षेत्र विकास समितिको ३० प्रतिशत लगानीमा ८ करोडको लागतमा अगाडी बढेको योजना अन्तिम चरणमा पुगेको कुरा पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार लिफ्टिङ चलाउनका लागि थ्रीफेज स्मार्ट मिटर ५० केभिए १, र २५ केभिए का ३ वटा नेपाल विद्युत प्राधिकरणले जडान गरिदिने वित्तिकै परिक्षण गरिने भएको छ । उक्त आयोजनाको लागि ६ ठाउँमा ६ वटा ट्याङ्की निर्माण गरिएको छ भने ४ वटा पम्पीङ मोटरको सहायताले पानी मन्दिर परिसरमा पु¥याउने योजना रहेको छ ।

  • साझा परिवेश
  • सोमवार, पुस ११, २०७९ २0:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट