sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सीके राउतको प्रस्ताव : नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राखौं

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १३:२१
सीके राउतको प्रस्ताव : नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राखौं

काठमाडौं। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत(सीके)ले संसदमा सांसदहरुले बोलेका नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राख्न प्रस्ताव गरेका छन् ।

संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार संसदमा सांसदहरुले नेपाली बाहेकका भाषामा पनि आफ्ना कुरा राख्न सक्छन् । तर, नेपाली भाषा बाहेकका भाषामा सांसदले बोलेको विषय संसदीय अखिलेखमा रहने गरेको छैन् ।

संसदमा सांसदले बोलेका नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राख्नुपर्ने व्यवस्थाका लागि अध्यक्ष राउतले प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

प्रतिवेदनको दफा २४१ मा संसदमा प्रयोग गरिने भाषा सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रतिनिधि सभा वा यसका समितिको कामकारबाही नेपाली भाषामा हुनेछ ।’ यहीँनेर ‘तर, प्रतिनिधिसभा सदस्यले आफ्नो मातृभाषा वा रोजेको भाषामा आफ्नो मन्तव्य राख्न सक्नेछ’ भनी थप्ने प्रस्ताव सांसद राउतले राखेका छन् ।

साथसाथै, ‘कुनै सदस्यले आफ्नो मातृभाषामा बोलेको अवस्थामा त्यसलाई अभिलेख राख्ने व्यवस्था मिलाइनेछ’ भन्ने प्रावधानलाई निरन्तरता दिनुपर्ने उनको प्रस्ताव रहेको छ ।

सांसद राउतले पोशाक सम्बन्धी व्यवस्थामा पनि संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रतिवेदनको दफा २४१ मा पोशाक सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘सदस्य (सांसद)को पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोके बमोजिम हुनेछ ।’ यस व्यवस्थाको सट्टामा ‘सदस्य (सांसद)ले आफ्नो रोजाइको वा आ–आफ्नो संस्कृति झल्किने पोशाक लगाउन सकिनेछ।’

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid