काठमाडौं ।।
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । छापावाल सुन तोलाको एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।