

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
भूकम्पले क्षति गरेको घरको संख्या ६१ हजार ९११ पुग्यो संरचना भत्किदा १५३ जनाको मृत्यु र ३६४ जना घाइते काठमाडौं ।। जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले क्षति गरेको घरको संख्या ६१ हजार ९११ पुगेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार यो विवरण बुधबार दिउँसो १ बजेसम्मको हो । विवरण […]
सिक्किम / मेरो डान्स युनिभर्सका सेकेन्ड रनर अप मिङ्मा दोर्जे लेप्चा सिक्किम अवार्डबाट सम्मानित भएका छन् । सिक्किम निवासी लेप्चालाई बेष्ट डान्सर-कोरियोग्राफर अवार्ड–२०२३ बाट सम्मानित गरिएको हो । सिक्किम राज्यका लागि उल्लेखनीय कार्य गर्ने व्यक्तित्वको पहिचान गरी विभिन्न विधामा हरेक बर्ष सिक्किम अवार्डले सम्मान गर्ने गरिन्छ । लेप्चाले केही महिनाअघिमात्र विश्व चर्चित नेपाली डान्स रियालिटी […]
लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुल्ला राख्न परमादेश जारी अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानुन विपरीतको कार्य नगर्नु नगराउन अनुरोध अदालतले १५ दिनभित्र लिखित जवाफ दिनुपर्ने पोखरा ।। उच्च अदालत पोखराले लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुल्ला राख्न परमादेश जारी गरेको छ । बुधबार उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले गृह प्रशासन […]
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा भोलिदेखि अन्तिम सुनुवाइ हुने भएको छ । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा भोलि (बिहीबार) देखि अन्तिम सुनुवाइ हुन लागेको हो । गत १५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा […]
उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्दै नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध जोडियो सोही वर्ष उत्तर कोरियाले नेपालमा आवासीय दूतावास खोल्यो काठमाडौं ।। उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने भएको छ । उत्तर कोरियाले सन् २०२३ को अन्त्यसँगै नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो । […]
काठमाडौं– प्रहरीले शंखरापुर नगरपालिका–१ घर भएका ३३ वर्षीय लालु विकलाई पत्नीको हत्या गरी खाल्डोमा पुरेको आरोपमा पाँच महिनापछि पक्राउ गरेको छ। लालुले २८ वर्षीया पत्नी गोपी विकलाई हत्या गरेर गत २३ जेठमा नाङ्लेभारेस्थित प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएकोसमेत खुलेको छ। विकले पुनः १० असारमा प्रहरी प्रभाग साँखुमा अर्को निवेदन दिएका थिए। तर, पत्नी खोज्न […]
सुदन किराती दुखको मार्ग ओ ! यात्री घुम्दैछौ कहाँ फनफनी सारा जगतमा छ एउटै शान्तिको केन्द्र लुम्बिनी लुम्बिनी ! लुम्बिनी ! लुम्बिनी ! दया करुणा फूलेको वोधी छायाँको बोटमुनी त्यही छायाँ झैँ पवित्र वुद्द जन्मेको यो भूमी लुम्बिनी ! लुम्बिनी ! लुम्बिनी ! बुद्धको सन्देश वोधी ज्ञान मान्छे-मान्छे र चराचर शान्तिको चीर भूमिमा सारा जीवात्मा […]
काठमाण्डाै – चीन सरकारले नेपाललाई झन्डै ३० करोड रुपैयाँ बराबरको राहत र सहायता सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभयाे । आज बुधवार बिहान चिनियाँ सेनाका दुई वटा कार्गो जहाज राहत सामग्री […]
काठमाण्डाै – शेयर बजार लगातार तेस्रो दिन आज बुधवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १७ अङ्कले बढेर एक हजार आठ सय ६३ दशमलव ९४ विन्दुमा पुगेको छ । आज बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै ग्लोबल आईएमई […]
काठमाडौं । बढ्दो चिसो र खुला ठाउँमा रात बिताउनुपर्दा जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्पपीडित बिरामी पर्न थालेका छन् । खासगरी बालबालिका, गर्भवती र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएका छन् । उनीहरुलाई रुघाखोकी र निमोनियाको जोखिम बढेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । सफा पानी र सहज शौचालयको अभावमा झाडापखला र हैजाको प्रकोप फैलिन सक्ने जोखिम […]
तमोर नदीमा काठको पुल निर्माण मर्मतसम्भार गर्नका लागि १० लाख रुपैयाँ बजेट विनियोजन तमोर नदीको दुवैतर्फ यो गाउँपालिका विभाजित ताप्लेजुङ ।। पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा काठको पुल निर्माण गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ – गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण […]
काठमाडौं– रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ। रौतहट जिल्ला अदालतले आलमको मुद्दामा फैसला केन्द्रित सुनुवाइ सुरु गरेको हो। जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासमा इजलास चलिरहेको छ। आइतबारदेखि आलमको मुद्दामा अन्तिम बहस सुरु भएको हो। सुरुमा पीडितका तर्फबाट […]