काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताएका छन्। प्रेस सेन्टर चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताए। अरुको निम्ति ठूलो कुरा गर्ने आफूलाई नहेर्ने प्रवृत्ति गलत भएको उहाँको भनाइ छ । उपप्रधानमन्त्री भने, “अरुका निम्ति ठूलाठूला […]
काभ्रे छात्रालाई अश्लील सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाको फैसला गरेको छ। जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद, १५ हजार रुपैयाँ जरिवाना गर्नुका साथै चार सय रुपैयाँ पीडित राहतकोषमा जम्मा गर्न भनेको छ। त्यस्तै अदालतले पीडित […]
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र चलायमान बनाएर अर्थतन्त्र सुधार्न सम्भव रहेकाे बताएका हुन् । सोमवार नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा.महतले आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको काँधमा भएको भन्दै निजी […]
काठमाडौं । केही दशको अन्तरालमा चीन गरिबीबाट विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा उक्लियो । अर्थतन्त्रलाई सम्भ्रान्त बनाउने चिनियाँ सपना केही दशककै अन्तरालमा सफल भयो। मुलकको नेतृत्व गर्नुअघि सी जिनपिङले चीनलाई फुटबलको शक्ति बनाउने महत्वाकांक्षा राखेका थिए । राष्ट्रिय टोलीलाई विश्वकपमा छनौटका लागि योग्य बनाउने, विश्वकप आयोजना गर्ने र विश्वकप जित्ने लक्ष्य सीले राखेका थिए। फिफा वरियतामा ७० […]
काठमाडौं : राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन्। सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले २७५ जनाको प्रतिनिधिसभालाई १६५ र ५५० जनाको प्रदेशसभालाई ३३० मा झार्नुपर्ने बताएका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो। ‘२७५ […]
काठमाडौं । सम्बन्ध विच्छेदको पाँच महिनापछि नै बबिता बानियाँ जेरी र शंकर क्षेत्रीबीच सांगीतिक सहकार्य भएको छ । छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । भिडियोमा दुवैले मोडलिङ समेत गरेका छन् । कालोपुलको एक ब्यांकेटमा लाइभदोहोरी शैलीको गीतको छायांकन भइरहेको छ । गीतको शब्द जेरीले लेखेकी हुन् भने गायनमा शंकर र उनको […]
काठमाडौं । दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’को टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । दुई दिन अगाडि सार्वजनिक टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । टिजरमा पुष्पा जेलबाट फरार भएको देखाइएको छ । फरार पुष्पालाई खोज्न प्रहरीको स्पेसल फोर्स परिचालन गरिएको छ । एक महिनादेखि निरन्तर सहरमा प्रदर्शन भइरहेको छ । अचानक जंगलमा बाघसँग पुष्पा आमनेसामने […]
काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)को प्रमुख सचेतक पदम गिरीले सरकार कसको निम्ति बनेको हो भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले यस्तो प्रश्न गरेका हुन् । “बैंकमा लगानीयोग्य पुँजी दुई खर्बभन्दा बढी छ । तर, हामीलाई ऋण चाहियो भनेर कोही जान सक्ने स्थिति छैन,” उनले भने, “ब्याज तिरेर व्यवसाय धान्न सक्ने स्थिति […]
कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य (चौधरी) को जन्मदिनको अवसर पारेर बालकविता संग्रह ’आहाना’ सार्वजनिक गरेका छन्। आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कूलको सभाहलमा आयोजित एक समारोहबीच बालकविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो। कवि चौधरी, उनी छोरी मेघा चौधरी, नातिनी आहाना शाक्य (चौधरी), आहानाका बुवा पारस शाक्य र बालबालिकाहरूले बालकविता संग्रह सामूहिक […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको मान्यता दिन नहुने भनी मागदावी गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता विमल प्रसाद पोखरेलले दायर गरेको रिट निवेदन न्यायधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको इजलासले खारेज गरेको हो । आदेशको संक्षिप्त विवरण समेत सार्वजनिक नभएकाले के आधारमा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको ठीक अघि आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि जनाएका छन् । उनले अडियो सार्वजनिक गर्नु शंकास्पद भएको पनि बताएका छन् । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेको टिमका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग सहयोग माग गरेको […]
काठमाडौं काठमाडौं उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरू गरिएको छ । सडक विभाग,सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो । उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा जडान भएको ट्राफिकबत्ती मर्मत भइरहेको शाखाकी इञ्जिनियर आश्मा न्यौपानेले बताइन् । उनका अनुसार अहिले बानेश्वर, तीनकुने, सिंहदरबारलगायत भक्तपुरका विभिन्न चोकमा मर्मत […]