खलंगा । दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए। २६ हप्ताको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मङ्गलबार जन्म दिए पनि अर्को बच्चा जन्माउन बच्चाको फोक्सोको विकास नभएका कारण थप उपचारका लागि […]
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् । बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरे। एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उनले बताए। […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुन लागेको कार्यक्रम बिथोल्न खोजेकोप्रति एमालेले आपत्ति जनाएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले पार्टी अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेकोप्रति आपत्ति जनाएको हो । बैठकमा प्रमुख सचेतक पदम गिरीले भने, ‘काठमाडौंबाट झापाको भद्रपुर विमानस्थल पुगिसकेको अवस्थामा त्यहाँबाट कार्यक्रमस्थल बुधबारेतर्फ जाने क्रममा कार्यक्रमस्थलमा पुग्नै लाग्दा त्यहाँभन्दा बाहिर […]
धरान : पानीपिया स्थित धरान प्रवेश नाकामा राखिएको धरान क्षेत्रको सीमा सङ्केत बोर्ड हटाएकोमा धरान उपमहानगरपालिकाले कडा आपत्ति जनाएको छ । आज दिउँसो मेयर हर्क साम्पाङले पत्रकार सम्मेलनको आयोजना गरी कडा आपत्ति जनाएका हुन् । पत्रकार सम्मेलनमा मेयर साम्पाङद्वारा जारी वक्तव्यमा ‘सरकारले लगाएको अधिकारीक साँध सिमानाहरू भत्काउने र अराजकता मच्चाउने छुट कसैलाई छैन र हुनु […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ सरस्वतीनगरमा निरा पाण्डे आचार्यको सात दिन अघि हत्या भएको विषय संसदमा उठेको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसदहरु बिजुला कुमारी रायमाझी र गगन कुमार थापाले सो हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन, प्रहरी अनुसन्धानलाई प्रभावकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सांसद रायमाझीले मातातीर्थ औसीको दिन […]
इटहरी । चीन र भारतसँगको जोड्ने त्रिदेशीय ‘लिङ्क’ रोडको रूपमा विस्तार भइरहेको इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माणको काम तीन दिनभित्रमा थाल्ने सहमति भएको छ। रानी विराटनगर इटहरी धरान किमा थाङ्का व्यापारिक मार्गमा रोकिएको काम तीन दिनबाट सुरु गर्न सहमति भएको हो । ठेकेदार कम्पनीले सो खण्डको काम नगर्दा सडक विस्तारको काम रोकिएको थियो । रोकिएको सडक […]
काठमाडौँ – गत मंसिर ४ गते प्रतिनिधिसभाको चुनाव भएसँगै औचित्य सकिएको सरिता गिरीले दिएको रिट निवेदन सर्वोच्चले खारेज गरेको छ। २०७७ असारमा पार्टी निर्देशन विपरीत तत्कालीन सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध गरेको भन्दै उनलाई पार्टीले साधारण सदस्य र सांसद पदबाट एक साथ निष्कासन गरेको थियो। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेट्ने सरकारले ल्याएको संविधान […]
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा जमेको पानी निकालिएको छ। भारत नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत पौडेलको छातीको बायाँ भागबाट दोस्रो पटक पानी निकालिएको हो। मंगलबार साँझ १ सय २५ एमएल पानी निकालिएको उपचारका संलग्न चिकित्सकलाई उद्धृत गर्दै भ्रमणदलका सदस्यले बताए। राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार […]
काठमाडौ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले झापाको कार्यक्रमका लागि गएका पार्टी अध्यक्ष केपी ओलीमाथि अभद्र व्यवहार भएको कुरा सदनलाई जानकारी गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै गिरीले अध्यक्ष ओली झापाको भद्रपुर एयरपोर्टबाट बुधबारेको कार्यक्रम स्थलमा पुग्नलाग्दा उनीविरुद्ध होहल्ला गर्ने, पार्टी गतिविधि गर्न लाग्दा अवान्छित गतिविधि गर्ने, शान्ति भंग गर्ने […]
तनहुँ । हिमालमा हिउँ नपर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका –४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तनले गर्दा हिमालमा हिउँ कम हुँदा गर्मी बढ्दै गएपनि मर्स्याङ्दी नदीमा पानी कम भएकाले उत्पादन बढ्न नसकेको केन्द्रले जनाएको छ । प्रशस्त हिउँ नहुँदा तापक्रम बढेपनि हिमाल कम पग्लिएकाले नदीमा पानी कम भएको केन्द्रका प्रमुख […]
तानसेन । लैङ्गिक हिंसामा महिला सबैभन्दा बढी पर्ने गरेको देखिएको छ । तानससेनमा आयोजीत कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् । महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा राजनीतिक क्षेत्रका युवासँग अन्तरक्रिया कार्यक्रममा आज वक्ताहरुले सो कुरा बताएका हुन् । महिला भएकैकारण विभेद गर्ने हिसाबले अघि बढेको र राज्यले यसलाई गम्भीर रुपले नहेर्दा महिलाले धेरै […]
धनगढी । कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् । यस अघिसम्म सो गाउँपालिकाबाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको थियो । समुदायमा रहेका सिकलसेल एनिमियाको […]