काठमाडौं। पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या उकालो लागेको छ। काठमाडौं उपत्यकामा ३१ जना कोरोनाका बिरामी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार दिउँसो २ बजेसम्म संस्थागत आइसोलेसनमा २१ जना भर्ना भएका छन्। आइसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। आज देशभर १०८ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितको […]
काठमाडौं। थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा २४५० नमूना परीक्षमा १०८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७७८ नमूनाको पीसीआर र १६७२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा पीसीआरबाट ५५ र एन्टिजेनबाट ५३ जनामा कोरोना पुष्टि भएको हो। आज कोरोनाबाट कसैको पनि मृत्यु […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो प्राप्त गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् । तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने […]
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको सचेतकमा बिना लामा नियुक्त भएकी छन्। पार्टीको विधानअनुसार पार्टीअध्यक्ष राजेन्द्र लिङ्देनलाई लामालाई सचेतकमा नियुक्त गरेका हुन्। राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित भएका छन्।
काठमाडौं । उपप्रधानमन्त्री तथा कानून मन्त्री पुर्णवहादुर खड्काले संवैधानिक परिषदमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसको एजेण्डा प्रवेश गरे पनि थप छलफल आवश्यक परेको बताएका छन् । कानून मन्त्रालयमा कार्यभार सम्हालेपछि पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले कतिपय सदस्यले उठाएका विषयमा अनौपचारिक छलफल र सहमति गर्नुपर्ने भएकाले अर्को बैठकपछि नियुक्ति सिफारिस हुने बताए । खड्काले भने– संवैधानिक परिषदको बैठकमा […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित नभएको दाबी गरेका छन् । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले परिषद्मा रहेर क्याबिनेटको समेत भाग खोजेकोतर्फ संकेत गर्दै उहाँले प्रधानन्यायाधीशलाई संवैधानिक परिषद् राख्न उचित नहुृने तर्क गरेका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा अख्तियार दूरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन […]
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौला र जनता समाजवादी पार्टी (जसपा)की सांसद रन्जु कुमारी झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रको समेत भ्रष्टाचार हेर्ने प्रस्तावको समर्थन गरेका छन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदद्धयले प्रस्तावित विधेयकमा समर्थन जनाएका हुन् । […]
काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक १५.१३ विन्दुले बढेर १९२०.१२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेर ३६५.९० विन्दुमा अडिएको छ। नेप्से बढेसँगै कारोबार रकम मंगलबारको तुलनामा बढेको छ। आज २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर ८७ करोड […]
स्याङ्जा । आँधीखोला गाउँपालिका –१ अर्घाउदीमा आगलागीबाट दुई घर र चार वटा गोठ पूर्णरुपमा जलेका छन् । स्थानीय खगेन्द्र तिवारी र धनपति तिवारीको ढुङ्गा र माटोले बनेका दुई तले घर जलेर पूर्णरुपमा नष्ट भएको हो । गाउँका अन्य चार गोठ जल्दा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार साँझ जङ्गलबाट सुरु […]
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् दीपकबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धेरैजसो मुद्दा तामेलीमा पञ्छाउने गरेको बताएका छन् । बुधबार संसद बैठकको विशेष समयमा बोल्दै सांसद् सिंहले अख्तियारले ठूला नेताले जे गरेपनि माफी दिने र सानालाई मात्रै मुद्दा चलाउने गरेको आरोप लगाए। सिंहले भने,‘अख्तियारले राजनीतिक प्रभावबाट डराइकन पद जान्छ कि महाभियोग लाग्छ कि […]
काठमाडौं। सांसद् डा.आरजु राणा देउवाले सरकारी शिक्षा क्षेत्रको पुनरावलोकन हुन जरूरी रहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् डा.राणाले नेपालको सरकारी शिक्षा प्रणालीमा ठूलो प्रश्न चिन्ह खडा भएको भन्दै शिक्षामा सुधार अहिलेको आवश्यकता रहेको बताएकी हुन् । राणाले भनिन्,‘सरकारी शिक्षा प्रणालीमा ठूलो प्रश्न उठेको छ । लगानीअनुसार प्रतिफल नमिल्नु निरासाजनक कुरा […]
ताप्लेजुङ । इलामको माङ्सेबुङका प्रेमकुमार माबोहाङले एक लाख ५० हजार ऋण लिएर सात महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा टिनको छानो हालेर टहरा बनाउनुभयो । बीमा कम्पनी र अन्यत्रबाट ऋण सापटी लिएर त्यसैमा आफूसित भएको केही रकम थप गरी टहरा बनाउनुको एउटै उद्देश्य थियो व्यवसाय गरेर जीविका चलाउने । तर, टहरा बनाउँदाको लागत नउठ्दै नगरपालिकाले जेसिभी […]