समितिले परराष्ट्रमन्त्री एनपी साउद छलफलमा बोलायो बिहीबार समितिको बैठक बस्दै काठमाडौं ।। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ । बिहीबार बस्ने समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ नक्सा र चिनियाँ राजदूतको विवादास्पद टिप्पणीलगायत विषयमा जानकारी लिन मन्त्री साउदलाई समितिमा बेलाइएको हो । […]
विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन जिम्मेवारीसहित ११ सदस्यीय उपसमिति गठन गरियो कांग्रेसबाट सदस्यको नाम टुंगो लाग्न बाँकी काठमाडौं ।। सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन भएको छ ।कानून, न्याय तथा मानव अधिकार समितिले विधेयकउपर दफावार छलफल गरेर प्रतिवेदन बुझाउने जिम्मेवारीसहित ११ सदस्यीय उपसमिति गठन गरेको हो । […]
कृष्ण मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनेर मनाउने गरिन्छ कृष्ण जन्माष्टमी पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा काठमाडौं ।। आज कृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ । पूजा गर्नका लागि पाटन कृष्ण मन्दिरको दक्षिण र उत्तरतर्फबाट भक्तजनहरु लामबद्ध छन् । […]
आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दै यस पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा काठमाडौं ।। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । […]
सुन तस्करी प्रकरणमा पक्राउ परेका खरेल ओसारपसारमा आबद्द रहेको खरेल सुन ओसारपसारमा संलग्न रहेको आधार फेला पारेपछि पक्राउ पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय रहेको खुल्यो काठमाडौं ।। ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका टोखाका सुमन खरेल नेपाल-भारतमा सुन ओसारपसारमा संलग्न व्यक्ति भएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) […]
सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाको मतदानको भिडियो नै हेर्ने आज प्रतिवादीहरुको तर्फबाट बहस हुने काठमाडौं ।। कोशी प्रदेश सरकारको वैधानिकताको मुद्दा हेरिरहेको सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबार रिट […]
प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा फेसबुकमार्फत आफूले प्रमुख सचेतकबाट राजीनामा दिए काठमाडौं ।। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् । काफ्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी गराएका हुन् । प्रदेश सभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा […]
स्वतन्त्र सांसद अनिरुद्धसिंह यादव पक्राउ परे सांसद यादव पक्राउ परेको सूचना जारी सांसद यादवलाई लाग्यो कर्तव्य ज्यान मुद्दा जनकपुरधाम ।। मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादव पक्राउ परेको बारे मधेश प्रदेश सभा सचिवालयले सूचना जारी गरी जानकारी गराएको छ ।प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले एक सूचना जारी गर्दै सोमबार साँझ प्रदेश सांसद यादव पक्राउ परेको सूचना […]
हेल्लो सरकारमा जनताका गुनासा बढ्न थाले अस्पतालमा ‘बेड’ नपाएको आयो गुनासो काठमाडौं ।। हेल्लो सरकारमा जनताका गुनासा बढ्न थालेका छन् । सेवा २४ घण्टा नै सञ्चालन गर्नुका साथै सम्बोधन हुन थालेपछि गुनासा बढ्न लागेका हुन् । बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी प्रधानमन्त्री प्रचण्डले आइतबार शुभारम्भ गरेको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-८ की […]
महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने पाल्लेकेले रंगशाला जस्तै जग्गा बाहेक ८०-९० करोडमा बनाउन सकिने एकै खेलबाटै करोडौं रकम आर्जन हुने यस्तो रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुने काठमाडौं ।। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । एसिया कप […]
क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको पुरस्कार रकम तत्काल दिन माग त्यो तोकिएको रकम खेलाडीहरुले पाउन सकेका छैनन् किन ? काठमाडौं ।। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको पुरस्कार रकम तत्काल दिन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको रकम दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई […]
काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा बसले तीनवटा सवारीसाधनलाई ठक्कर दियो मोटरसाइकल बचाउन खोज्दा दुर्घटना भएको खुलाशा मोटरसाइकल जोगाउँदा बस नै सडकमा पल्टियो लेन क्रस गर्ने मोटरसाइकल चालकको खोजी गर्दै प्रहरी काठमाडौं ।। काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा आइतबार बा ३ ज ४८४८ नम्बरको बसले तीनवटा सवारीसाधनलाई ठक्कर दियो । गलत लेनबाट आएको एउटा मोटरसाइकल बचाउन खोज्दा सो दुर्घटना भएको […]