April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

विराटनगर भन्सार : ३१८ मेट्रिक टन भित्रियो साल धूप, गोकुल धूप र लाहा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ ११:४0
विराटनगर भन्सार : ३१८ मेट्रिक टन भित्रियो साल धूप, गोकुल धूप र लाहा

विराटनगर । भन्सार कार्यालय विराटनगरबाट फागुनमा साल धूप, गोकुल धूप र लाहा चपडा मात्रै ३१८ मेट्रिक टन भित्रिएको छ ।
चालु आर्थिक वर्षको फागुन महिनासम्मको राजस्व संकलन वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशतमात्रै प्रगति गरेको भन्सार कार्यालयबाट धूप आयात भने उल्लेख्य भएको हो ।

फागुनसम्म धेरै आयात हुने २० वस्तुमध्ये साल धूप, गोकुल धूप र लाहा चपडाको पनि सूचि रहेको छ । यी तीन वस्तु १ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

गत आर्थिक वर्षमा ९४ लाख रुपैयाँ बराबरको ३० मेट्रिक टन मात्रै यी वस्तु भित्रिएको थियो । फागुन महिनामा मात्रै उक्त वस्तु ४२ लाख ८ हजार रुपैयाँ बराबरको १ लाख ८ हजार किलो नेपाल भित्रिएको छ । जसबाट १० लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गोकुल धूप पूजा पाठमा धूप बाल्न प्रयोग गरिन्छ भने सालधूप जडीबुटीको रुपमा प्रयोग गरिन्छ । लाहा भने विभिन्न धातु तथा काठजन्य वस्तुलाई टाँस्न प्रयोग गरिन्छ ।

भन्सार कार्यालयले फागुन महिनामा ३ अर्ब ६ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो महिनामा सो कार्यालयलाई ५ अर्ब ३७ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो । कार्यालयले लक्ष्यको ५७।०७ प्रतिशत प्रगति गरेको हो ।
चालु आर्थिक वर्षमा भने वार्षिक राजस्व असुलीको लक्ष्य ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राखिएको छ । तर, फागुन महिनासम्मको राजस्व संकलनमा विराटनगर भन्सार कार्यालयले जम्मा वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशत मात्रै असुली गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट