sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आपूर्ति बढेसँगै काठमाण्डौका थोक बजारमा तरकारीको भाउ सस्तियो

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:२0
आपूर्ति बढेसँगै काठमाण्डौका थोक बजारमा तरकारीको भाउ सस्तियो

काठमाण्डाै – हरियो तरकारीकाे आपूर्ति बढेसँगै थोक बजारमा भाउ सस्तो भएको छ । पछिल्लो डेढ हप्तामा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारीकाे भाउ दोब्बरसम्म सस्तिएको छ ।

खुद्रा पसलहरुमा भने तरकारीकाे भाउमा धेरै फरक नपरेको उपभोक्ताहरुको गुनासो छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो हप्तासम्म प्रतिकिलो ९० रुपैयाँ थोकमा कारोबार भएको स्थानीय काउली अहिले घटेर २० रुपैयाँमा झरेको छ ।

रातो आलु प्रतिकिलो ९० रुपैयाँबाट घटेर ६० रुपैयाँमा झरेको छ । त्यस्तै, मुला, बन्दा, सागलगायतका तरकारीकाे भाउ सस्तिएको छ । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो २०/२२ दिनको बीचमा मौसमी तरकारीको भाउ धेरै सस्तो भएको बताउनुभयो ।

कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आगमन पुरानो लयमा फर्किएसँगै भाउ सस्तिएको बताउनुभयो । समितिका अनुसार अहिले स्थानीय उत्पादन हुने भएकाले तरकारीको माग पनि कम हुने गर्छ ।

बजारमा स्वदेशी उत्पादित तरकारी धेरै भएकाले भारतबाट हरिया तरकारी कम परिमाणमा आएको छ । अहिले आलु, प्याज गोलभेँडा कागतीलगायतका तरकारी भारतबाट आइरहेको छ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid