काठमाडौं ।।
सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औँ वर्ष पूरा गरेको छ । संचालनको २१ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार केडिया, संचालक समितिका सदस्यहरू, पूर्वसंचालक तथा प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बैंकले आफ्नो २० वर्ष पार गरी २१ वर्षसम्मको यात्रालाई समेटी तयार पारेको ‘कफी टेबल बुक’ पनि सार्वजनिक गरेकोे छ । कार्यक्रममा आफ्ना पूर्वसंचालक समितिका सदस्य एवं पूर्वप्रमुख कार्यकारी अधिकृतहरूलाई सम्मान गर्नुका साथै बैंकमा कार्यरत १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै अभिनन्दन गरेको छ ।
बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ । सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो । ग्राहकहरूले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढी यूएनओ मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो कार्ड प्रयोगकर्ताहरूलाई आउँदा दिनहरूमा थप सुविधाहरू पनि उपलब्ध गराउने योजना बैंकको रहेको जानकारी दिइएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्दै ‘फ्रि फोर’ र ‘लगविन’योजना पनि बैंकले सार्वजनिक गरेको छ ।
यही अवसरमा बैंकले काठमाडौं, नारायणघाट, नेपालगञ्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथै, ग्राहक तथा स्थानीयवासीहरू गरी २९६ जना रक्तदाताको सहभागिता रहेको थियो ।डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्दै ‘फ्रि फोर’ र ‘लगविन’योजना पनि बैंकले सार्वजनिक गरेको छ । यही अवसरमा बैंकले काठमाडौं, नारायणघाट, नेपालगञ्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथै, ग्राहक तथा स्थानीयवासीहरू गरी २९६ जना रक्तदाताको सहभागिता रहेको थियो ।