June 24, 2024 | सोमवार, असार १०, २०८१
सुचनाहरु
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा

टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २४, २०८१ १0:४२
टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ । ब्रिजटाउनमा बिहीबार भएको खेलमा अस्ट्रेलियाले एशोसिएट राष्ट्र ओमानलाई ३९ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२५ रन बनायो । ओमानका आयान खानले ३६ रनको पारि खेले । उनले ३० बलमा दुई छक्का र दुई चौका प्रहार गरेका थिए ।

यसैगरी कप्तान अकिब इलियासले १८ बलमा १८ रनको पारि खेल्दा एक छक्का र दुई चौका हिर्काए । मेहनर खानले १६ बलमा २७ रन बनाए । उनले २ छक्का र १ चौका प्रहार गरे । साकिल अहमेदले ११ रन बनाउँदा कलिमुल्लाहले ६ रन जोडे । ओपनर कश्यप प्रजापति ७ रनमा आउट हुँदा खलिद काली ८ रनमा पभेलियन फर्किए । अस्ट्रेलियाका एडम जाम्पाले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिए ।

मिचेल स्टार्कले ३ ओभरमा २० रन खर्चिएर २ विकेट लिँदा मार्कस स्टोइनिसले २ ओभरमा ७ रन दिएर २ विकेट हात पारे । नाथन इलियसले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रन को योगफल बनाएको थियो । स्ट्रेलियाका मार्कस स्टोइनिसले ६६ रनको नटआउट अर्धशतकीय पारि खेले । उनले ३५ बलमा ६ छक्का र २ चौका प्रहार गरेका थिए ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २४, २०८१ १0:४२

प्रतिक्रिया