sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्टारभन्दा अहिले फिल्मको विषयवस्तुलाई दर्शकले दिन्छन प्राथमिकता

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १५:१३
स्टारभन्दा अहिले फिल्मको विषयवस्तुलाई दर्शकले दिन्छन प्राथमिकता

काठमाडौं 

वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको ‘नाइँ नभन्नु ल ६’ प्रतीक्षित फिल्ममध्ये एक हो । ब्राण्ड भ्यालुले यो फिल्म दर्शकमाझ चर्चित छ । निर्देशक विकास आचार्यले पाँच वर्षपछि ल्याएको छैटौं सिक्वेलमा यसपटक बाल–युवा प्रेम तथा पारिवारिक सम्बन्धको कथावस्तु प्रस्तुत गरिएको छ ।

फिल्मबाट आशिर्वाद क्षेत्रीले अभिनय करिअरमा पाइला टेकेका छन् । फिल्ममा उनी आँचल शर्माको जोडीको रुपमा प्रस्तुत छन् । हुन त ‘नाइँ नभन्नु ल’ सिरिज नै अभिनेता–अभिनेत्री उत्पादन गर्ने कारखाना हो, जहाँबाट जीवन लुइँटेल, पल शाह, वर्षा सिवाकोटी, वर्षा राउत, आँचल शर्मा र अनुभव रेग्मीले करिअर सुरु गरे ।

छैटौं श्रृंखलाबाट डेब्यु गरेका आशिर्वाद सुन्दा गम्भीर लाग्छन् । सप्ताहन्तमा उनले फिल्मलाई लिएर अनलाइनखबरसँग गफगाफ गरे । मोडलिङ करिअरको पृष्ठभूमि बोकेका आशिर्वाद यो फिल्ममा तीन वर्षदेखि सक्रिय छन् । सुगठित शरीर र एक्सन फिल्ममा रुचि राख्ने उनी नेपालमा सौगात मल्ल र बलिउडमा रणवीर कपुरका प्रशंसक रहेछन् ।

‘नाइँ नभन्नु ल’का अघिल्ला सबै सिरिज हेरिसकेका आशिर्वादलाई लाग्छ यसको दोस्रो श्रृंखला उनका लागि सबैभन्दा महत्वपूर्ण हो । उक्त फिल्ममा भावनाको बेग रहेको उनको निष्कर्ष छ । तर छैटौं श्रृंखला यो सिरिजकै उत्कृष्ट फिल्म बन्ने उनले दाबी गरे । ‘यो सिक्वेलमा कन्टेन्ट नै महत्वपूर्ण छ । पछिल्लो समय दर्शक बाठो भइसक्नुभयो । उहाँहरु स्टारभन्दा फिल्मको कन्टेन्ट नै हेर्नुहुन्छ,’ उनी भन्छन् ।

स्टारभन्दा अभिनेता बन्नु नै आफ्नो प्राथमिकता रहेको बताउने आशिर्वादको यसबारे आफ्नै तर्क छ । ‘स्टारमा केही सीमितता हुन्छन् जस्तो लाग्छ । एक्टर भएपछि हामी हरेक पात्रमा खेल्न सक्छौं तर स्टारमा त्यो लाभ हुँदैन । भिन्नता यही नै हो,’ उनी भन्छन् । अबको १० वर्षमा अब्बल कलाकार बन्ने संकल्प अशिर्वादको छ । भन्छन्, ‘यसका लागि मलाई दर्शकको माया चाहिन्छ । ध्यान नै एक्टर बन्नेतर्फ केन्द्रित हुनेछ ।’

फिल्ममा आशिर्वाद र आँचल रोमान्टिक जोडीको रुपमा प्रस्तुत छन् । उनले को–एक्टर आँचललाई ‘स्वीट’ भन्दै प्रशंसा गरे । आफूहरु ए स्क्वायर जोडीको रुपमा चिनिन चाहेको उनी बताउँछन् । आँचल पनि आशिर्वाद डेब्यु कलाकारजस्तो नभएर परिपक्व जस्तो लाग्ने बताउँछिन् । ‘अभिनय र व्यवहार पनि परिपक्व । ऊ कडा मेहनत गर्छ र परिपक्व पनि छ,’ आँचल भन्छिन् ।

आँचल छैटौं श्रृखंलालाई अघिल्ला सिरिजभन्दा भिन्न रहेको दाबी गर्छिन् । ‘स्क्रिप्ट र कन्टेन्ट दमदार छ । हेर्दा लाग्छ, यसले २० औं श्रृंखलासम्म लिगेसी मेन्टेन गर्छ,’ उनी भन्छिन्, ‘अहिलेसम्मको जर्नी हेर्दा छैटौं भागको कथा भिन्न छ । रोचक कथा, समाजका घटनालाई चित्रण गरिएको छ । पहिला बाल कलाकारलाई पनि स्पेस दएर लभस्टोरी देखाइन्थ्यो । यसमा चाहिं भावनात्मक रुपमा विचलित पात्रलाई एकैठाउँमा उभ्याइएको छ ।’


अलग जनराका फिल्मको अफर आए खुसी हुने बताउँदै आँचलले रेखा थापाको फिल्मबाट अफर आएको पुष्टि गरिन् । ‘हो मलाई अफर आएको हो । स्क्रिप्टको कुरा पनि भएको हो । त्यसपछि कुरा भएको छैन,’ उनले भनिन् । उनले पटकपटक आफूलाई लिएर भइरहने विवादलाई लिएर असन्तुष्टि पनि व्यक्ति गरिन् । ट्रोल र मिमबारे उनी आक्रामक सुनिइन् । यसै साताबाट आँचलको फिल्म करिअर सात वर्षमा प्रवेश गरेको छ र यसबीच उनले नौ वटा फिल्ममा अभिनय गरिसकेकी छन् ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १५:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid