May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

संवाद नेपाली झण्डाको

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १५:१८
संवाद नेपाली झण्डाको

बिचार लेखक : दिपेश शर्मा झापा

नेपाल प्रहरी नेपाली सेना को जिन्दगी पनि अजिब छ । प्रहरीमा वा सेनामा भर्ना हुने क्रममा त्यही राष्ट्रिय झन्डा हाम्रो स्वाभिमान हो जस्तै सुकै परिस्थितीमा पनि त्यो झण्डा जुन राष्ट्रियको सम्मान हो ईज्जत हो त्यसमा आचं आउनु दिनु हुदैन । हाम्रो स्वभिमान आत्मा सम्मान झुक्न हुदैन आफ्नो ज्यानको बलिदान दिएर भए पनि राष्ट्रिय र राष्ट्रियता बचाउनु पर्छ भनेर शारिरिक र मनासिक रुपमा ट्रेनिङ लिन्थे ।

आज तिनै प्रहरीलाई राष्ट्रिय झण्डा बोकेको राष्ट्रिय पोशाक लगाएको ब्यक्ती वा भनौ एक आम नेपाली लाई पक्राउ आदेश छ । र उहाहरु त्यो आदेशको अनुशरण गरि राख्नु भएको छ।
के सहि के गलत ???

स्वबिबेकको प्रयोग छैन , आत्मा सम्मान स्वभिमान मतलब भएन जे भए नि आदेश नै शिरमा सर्बधारण गरेर आफ्नो कार्यक्षेत्रमा लागि रहनु परेको अबस्था छ ।
बिगतमा सशस्त्र युद्दमा पनि देशमा सबै भन्दा बढि ज्यान गुमाउने तिनै प्रहरी र सेना नै बढि थिए । जनयुद्धमा पनि ज्यान गुमाउने तिनै अधोषित जनप्रहरी नै थिए जस्लाई पनि कथित तेति बेलाका जन कमान्डरले त्यहि नेपाली झण्डाको नाममा स्वभिमान आत्मा सम्मानको ट्रेनिङ दिएर लडाएका थिए । आज सत्ता चलाउने तिनै कमान्डरको हातमा छ र परिस्थिती त्यहि नै छ ।

हाम्रा संसद जस्ले हाम्रा हालका प्रधानमन्त्रीले राष्ट्रिय पोसाकका सपथ ग्रहण गर्नुलाई राष्ट्रियताको परिचय दिएर तालीका साथ सम्मान गरेका थिए । त्यो भन्दा अगाडी कोट पेन्ट वा बिदेशी पोशाकमा सपथ लिएको भनेर बिबादमा परेका थिए र तिनको आलोचना पनि ब्यापक भएको थियो। स्मरण रहोस आज एक आम नेपालीले राष्ट्रिय पोशाकमा सडकमा हिडे तिनलाई सत्तामा रहेकाले पक्रन आदेश दिएका छन तर ति संसद भबनमा नेपालीको मतपाएर जितेर पुगेका र माननिय भएका संसदहरु चुपचाप छन । स्मरण रहोस देशमा गणतन्त्रको ब्यबस्था छ । अब प्रश्न यो हो कि गणतन्त्र ब्यबस्थाको भित्र नागरिक अधिकार के र कति??

गणतन्त्रको सबिधानमा के लेखिएको छ ? बोल्न पाउने अधिकार हिड्न पाउने, लगाउन पाउने अधिकार बिरोध गर्ने पाउने अधिकार कति सुरुक्षित होला त ???

चुनाब अधि नेपालको झण्डा ओड्दा राष्ट्रियता हुने स्बभिमानी हुने अनि त्यहि झण्डा त्यहि स्बभिमान आत्मा सम्मानको रुपमा बाईकमा राख्दा बोकेर हिड्दा जेल जानु पर्ने ??? अनि नेताको मृत्यु हुदा पाटी झण्डा पहिला ओडाएर अनि राष्ट्रियझण्डा पछि मृत्यु शरिरमा ओडाएर सम्मान दिने प्रचलित परम्परालाई के भन्ने ???

कस्तो ब्यबस्था हो यो गणतन्त्रको ??

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट